दार्चुला :-दार्चुलाको सदरमुकाम खलंगा नजिक लास्कु खोलामा गएराती आएको बाढिले पुल भत्किदा स्थानीय लाई आवत जावत गर्न समस्या भएको छ।
महाकाली नगरपालिका –१ र वडा – ४ सदरमुकाम जोड्ने उक्त पुल बाढिले भत्काए पछि जोखिम मोलेर यात्रा गर्नु परेको भोज राज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढिले पुल भत्केपछि स्थानीयलाई लास्कु खोला वारपार गर्न समस्या भएको छ ।
गए रातीको बर्षाले पुलको छेउछाउ कटान गरेपछी पुल भत्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उक्त क्षेत्रमा गत बर्ष भाद्र २४ गतेको बाढीले झोलुङ्गे पुल बगाए पछि स्थानीय हरुले काठेपुल निर्माण गरि आवातजावत गर्दै आएका थिए।
