अवैध सुर्तिजन्य तथा अखाद्य वस्तु नष्ट

दार्चुला : नेपाल–भारत जोड्ने खलंगा पुलघाट नाकाबाट भित्रिएका अवैध सुर्तिजन्य तथा अखाद्य वस्तु नष्ट गरिएको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेका सुर्तिजन्य तथा अखाद्य वस्तु बुधवार नष्ट गरेको हो । भारतबाट आयात गरिएका २५ हजार १ सय मूल्य बराबरका अखाद्य र सुर्तिजन्य पदार्थ बरामद गरी नष्ट गरिएको अस्थायी प्रहरी पोष्ट पुलघाटका ईन्चार्ज एवं प्रहरी सहायक निरीक्षक प्रकाश पनेरुले जानकारी दिए ।

उनका अनुसार बरामद हाई क्लास ४० प्याकेट, खुल्ला सुर्ति ३० मुठा, सफल २२ प्याकेट, तानसेन १० प्याकेट, बिडी ४० बण्डल, तास ५ गड्डी र १२ प्याकेट कुरमुरे सरोकारवालाहरुको रहोवरमा नष्ट गरिएको हो । चाडबाडको समयमा अखाद्य तथा अवैध समान भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सीमा नाकामा चेकजाँचमासमेत कडाइ गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.