दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा तालाबन्दी गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ काटै र राताभीटा लगायत टोलका स्थानीयले गाउँपालिका कार्यालय र वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी गरेका हुन् ।गाउँपालिका कार्यालय र वडा कार्यालयमा बुधबार देखि स्थानीयले तालाबन्दी गरेको बताइएको छ।
वडा नम्बर ३ को विभाजन तथा वडा कार्यालय भवन सार्न खोजेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन । वडा कार्यालयमा ताला लगाउँदा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण लगायत कामकाज प्रभावित भएको गाउँपालिकाले जनाएको छ । ताला खुलाउने विषयमा आज छलफल गर्ने तयारी भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट समेत प्रहरी टोली खण्डेश्वरी पुगेको छ ।