गोकुलेस्वरको मालिकार्जुन अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आउदै

 

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित मालिकार्जुन हस्पिटल प्रा.लि. मा कार्तिक ९ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर आउने भएका छन् ।कार्तिक ९ गते बिहीबारका दिन बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डाक्टर ओमकार बिस्ट विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्ने मालिकार्जुन अस्पतालले जनाएको छ।अस्पतालका अनुसार हाडजोर्नी बिशेषज्ञ डाक्टर बिस्ट हाडजोर्नी तथा नसारोग सम्बन्धी समस्या भएका बिरामीहरुलाई चेकचाँच गर्ने लगायतका चिकित्सकीय सेवा प्रदान गर्ने छन् । उनले कम्मर तथा गर्दन दुख्ने ,हात खुट्टाको जोर्नी तथा मांसपेसी दुख्ने , नसा च्यापीएको , सरिर झमझमाउने पोल्ने, हड्डी तथा जोर्नी खिईने समस्या, चोटपटक तथा हड्डी भाँचिएको, प्लास्टर सेवा , माईनर सल्यक्रिया , बाथ रोग , युरीक एसिड, हड्डीको संक्रमण , ट्युमर शरीरको मांसपेशीको ,मेरुदण्ड तथा गर्धनको दुखाइ वा जोर्नी चलाउन गाह्रो हुने लगायतका समस्या भएकाहरुको उपचारगरिने मालिकार्जुन अस्पतालले जनाएको छ।मालिकार्जुन अस्पतालले विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्दै आएको छ । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानिय पुस्कर सिह धामीले बताउनुभयो ।
अस्पतालले ०९३४०००२६ र ९८४८४०६०९८ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने बताएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.