नौगाड गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना, चालक गम्भीर घाइते

दार्चुला : नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको जिप दुर्घटना भएको छ । नौगाड गाउँपालिका-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका-३ बगड जामिरमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको हो ।

जिप दुर्घटना हुदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ । घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.