काँग्रेस दार्चुलाको सह–सचिवमा जयानन्द जोशीको उम्मेदवारी घोषणा

दार्चुला । नेपाली काँग्रेस दार्चुलाको सह–सचिवमा जयानन्द जोशीले उम्मेदवारी घोषण गर्नुभएको छ । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

 

जोशीले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पाटीको सह–सचिवमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिनुभयो ।

 

पार्टीलाई एकतावद्ध बनाएर जनतामा माझ लैजानका लागि र पार्टीलाई थप बलियो, चलायमान बनाउन र जिल्लाको विकास निर्माणका कार्यमा ध्यान दिन पनि आफ्नो उम्मेदवारी भएको जोशीले प्रतिक्रिया दिनुभएको छ ।

 

जोशी शैल्यशिखर नगरपालिका–७ का वडा अध्यक्ष समेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष जोशी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

 

Leave A Reply

Your email address will not be published.