मालिकार्जुनमा एक युवती मृत फेला

दार्चुला- दार्चुलामा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ थक्तोलीकी एक युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार थोक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशी बिहीवार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक गोबिन्द प्रसाद भण्डारीको नेतृत्वमा प्रहरी टोली खटिई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.