दार्चुला- स्थानीय श्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मुल नाराका साथ दार्चुलामा पनि २६ औं भूकम्प सुरक्षा दिवस २०८० मनाइएको छ ।
जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकाको आयोजना र जिल्ला प्रशासनको समन्वय तथा सहजीकरणमा भूकम्प सुरक्षा दिवस मनाइएको हो । दिवसका अवसरमा बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, स्थानीय जनप्रतिनिधि, कर्मचारी लगायतले विभिन्न जनचेतनामूलक सन्देशसहितका प्ले कार्डहरु बोकेर र्याली निकाल्दै बजार परिक्रमा गरेका थिए ।
दिवसका अवसरमा आयोजित कार्यक्रमका बोल्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले दार्चुला जिल्ला भूकम्पको उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नु अतिआवश्यक रहेको बताए । साथै उनले भूकम्पले नभई कमजोर संरचना निर्माणले भूकम्पमा मानिसको ज्यान जाने गरेको बताए ।