कोलकाता संग दिल्ली ३ विकेटले पराजित

दार्चुला – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मङ्गलवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ ।
शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको एक सय २८ रनको लक्ष्य कोलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायो । कोलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रन बनायो । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ कोलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए ।

यो जितसँगै कोलकाता ११ खेलमा १० अङ्कसहित तालिकको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अङ्क बटुलेको दिल्ली भने तालिकाको दोस्रो स्थानमा यथावत नै रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.