दार्चुला- दार्चुलाकाे मालिकार्जुनमा चितुवा मृत अबस्थामा फेला परको छ।
मालिकार्जुन गाउँपालिका-५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ।