बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

दार्चुला –  डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन्।

प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन्। बलात्कारपछि फरार रहेका उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित उहांको आफन्तको घरबाट पक्राउ गरिएको थियो।

किशोरले बहिनी नाता पर्ने छिमेकी काकाको छोरीलाई पानी खुवाउने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार गरेको प्रारम्भिक उजुरी परेको प्रहरीले बताउनुभयो । बालिकाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.