६६ औँ प्रहरी दिवसको ,अवसरमा दार्चुलाका ११ प्रहरी पुरस्कृत

दार्चुला – ६६ औँ प्रहरी दिवसको अवसरमा दार्चुला प्रहरी प्रमुखसहित ११ जना प्रहरी पुरुस्कृत भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा शान्ति र सुरक्षा र समन्वयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनुभएका डिएसपी भट्टलाई दार्चुलाको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले पुरुस्कार रकम हस्तान्तरण गर्नुभयो । प्रहरी दिवसको अवसरमा जिल्लाका बिभीन्न ठाउँमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरिक्षक पुष्करसिंह ऐरी, प्रहरी सहायक निरीक्षक नैनसिंह पन्त, जनकबहादुर सिंह, यज्ञबहादुर खड्का, प्रहरी हवल्दार विष्णुसिंह कार्की, प्रहरी जवान कृष्णगाहा मगर, राजकुमारी चौधरी, सरोज विक, जीतबहादुर खड्का र सुरेश बहादुर ऐरलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत एवं सम्मान गरिएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.