कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा जनगणना गर्न माग

दार्चुला -अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारिका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरीक्षक पठाउन जोडदार माग गर्दछौँ । उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति समेत जनाएको छ।

१२ औँ राष्ट्रिय जनगणना आउँदो कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुँदैछ ।

 

Leave A Reply

Your email address will not be published.