देशमा विश्वासको खडेरी छ तर प्रधानमन्त्रीले वर्षमै ३ पटक पाउनुहुन्छ, गजब छ : महामन्त्री विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशमा विश्वासको खडेरी परेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘गजबचाहिँ के छ भने वर्षमा तीन पटक उहाँ विश्वास पाउनुहुन्छ।

अचम्मसँग विश्वास पनि प्राप्त गर्नुहुन्छ। जबकी यो देशमा सबैभन्दा खडेरी यही विश्वासको परेको छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु।’ कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णयसमेत गरिसकेको छ। ‘राजनीतिक रूपमा अविश्वास छ, गणितीय रूपमा विश्वासको जोहो हुँदैछ,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै शर्माले भने।

Leave A Reply

Your email address will not be published.