अछाममा बम विस्पोट हुँदा एक जना घाइते

दार्चुला । अछाममा बम विस्पोट हुँदा एक जना घाइते भएका छन्। जिल्लाको रामारोशन गाउँपालिका–५ पातलमा शनिबार दिउँसो ३ बजे खेतमा काम गर्ने क्रममा ग्रिनेट बम पड्किँदा सोही ठाउँका ३३ वर्षीय बृख रोकाया घाइते भएका हुन्।

बम विस्पोट दिउँसो भएपनि प्रहरीलाई भने राति ११ बजे मात्रै खबर भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तलसी अर्यालले बताउनुभयो। उक्त क्षेत्रमा अरु पनि बम राखेको हुनसक्ने भन्दै डिस्पोजल टोली खटाइएको उहाँले बताउनुभयो। घाइते रोकायाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र द्वन्दका बेला उक्त क्षेत्र माओवादीको लुक्ने गाउँ रहेको बताइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.