केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो

काठमाडौं– कथित मदिरा घोटालामा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई इन्सुलिनको आवश्यकतालाई लिएर आम आदमी पार्टी र भाजपाबिच चर्को बयानबाजी भएको थियो ।

आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । उनले भने, ‘अन्ततस् कारागार प्रशासनले मुख्यमन्त्रीलाई सुगरको मात्रा बढेको भन्दै इन्सुलिन दिएको खबर आइरहेको छ। आज देशको राजधानीका मुख्यमन्त्रीलाई इन्सुलिनका लागि अदालत पनि जानुपरेको छ।’

भारद्वाजले अर्को ट्वीटमा भने, ‘आज यो स्पष्ट भयो कि मुख्यमन्त्री सही थिए, उहाँलाई इन्सुलिन चाहिन्छ। तर बीजेपी केन्द्र सरकार मातहतका अधिकारीहरूले जानाजानी उनको उपचार गरेनन्। मलाई भाजपाका मानिसहरूले भन्नुहोस्! यदि इन्सुलिनको आवश्यकता थिएन भने अहिले किन दिँदै हुनुहुन्छ?

न्युज एजेन्सी

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.