दार्चुला –कैलालीमा जीप र बस एक आपसमा ठोक्किँदा बैतडीका ३जना सहित ५ जना घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका ४ सेल्फी डाँडामा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।घाइते हुनेहरुमा बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३० वर्षीय नरेश जोशी, द.न.पा. ३का २० वर्षीय बिरेन्द्र नाथ र पाटन नगरपालिका ९ खोड्पेका १८ वर्षीय महेशसिंह भाट रहेकाछन् ।
यसैगरी, कैलालीको गोदावरी नगरपालिका ५ गेटा बस्ने वर्ष ६० का रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर ५ बस्ने वर्ष १८ का दीपक जोशी घाइते भएका हुन्। घाइतेहरुको को अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। अत्तरीयाबाट बैतडीतर्फ जाँदै गरेको से.१ ज. ९२० नम्बरको बोलेरो जीप र बिपरीत दिशा तर्फबाट आउँदै गरेको ना.४ ख. ८४२८ नम्बरको बस एकआपसमा ठोक्किँदा जीपमा सवार ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका बताउनुभयो ।