ओलीले रविको पक्ष लिएर गिरिबन्धुमा साथ खोज्दैछन् : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् ।

आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए ।

‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ ।’

अध्यक्ष ओलीको अडानलाई लिएर एमालेभित्र गम्भीर समीक्षा हुनुपर्ने बेला आएको शर्माले बताए । ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ रु’, शर्माले प्रश्न गरे । गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.