दार्चुला । दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ, भने अन्य दुई जना बेपत्ता भएका छन् ।
दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको ज्यान गएको र उनका श्रीमति कौशी देवि महरा बेपत्ता भएका छन् ।
घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने, फेला परिसकेको आफन्त आनसिंह महराले जानकारी दिनुभयो । अन्य भौतिक क्ष्यती भएको छ । बेपत्ता महराको खोजी भइरहेको छ ।
त्यस्तै पहिरोले घर पुरिदाँ दुहूँ गाउँपालिका वडा नम्बर ५ दुल्ला बसने मनुवा डडाल पनि बेपत्ता भएका छन् । आइतबार राती घर माथिबाट खसेको पहिरोमा पनि डडाल बेपता भएको र अहिले खोजी गरिरहेको स्थानीयहरुले बताएका छन ।
दुहूँ गाउँपालिकामा बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्ष्यती गरेको छ भने एक दर्जन बढी घरहरुमा आंशिक क्ष्यती भएको छ ।
खोलाहरुमा रहेको तीन ओटा झोलुंगे पुलहरु तथा एउटा आरसिसि पुल पनि बगाएकाले आवत् जावत् गर्न समस्या भएको स्थानीयहरुले बताएका छन ।