दार्चुला -दार्चुला जिल्लाको गोकुलेश्वर विमानस्थल निर्माणको काम सुचारु भएको छ ।
के. एस .कन्सट्रक्सन प्रा ली धनगढीले विमानस्थल निर्माणको काम शुरु गरेको हो। एक बर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी ३ करोड ५८ लाख बजेटमा सम्झौता भएको थियो।
गत वर्ष डिपीआर तयार गरी स्वीकृत भइ सके को गोकुलेश्वर विमानस्थल निर्माणका लागि वहुवर्षे ठेक्कामार्फत काम शुरु भएको छ ।
चालु आर्थिक बर्ष २०७८/ ७९ को बजेटमा गोकुलेश्वर विमानस्थल सहित देशका विभिन्न विमानस्थल सञ्चालन तथा पुननिर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
