दार्चुलामा खर काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर महाकाली नगरपालिका वडा नम्बर २ बडाली का ५१ वर्षीया लालमति बडालको मृत्यु भएको छ ।
खर काट्ने क्रममा भिरबाट लडेर आइतबार दिउँसो बडालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको भिरमा खर काट्न गएकी बडाल भिरबाट लडेर करीब सय मिटर तल पर्नुभएको थियो भने उहाँको घटनास्थलमै मृत्यु भएको बताईएको छ । मृतक बडालका २ छोरा र १ छोरी रहेका पारिवारिक श्रोतले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.