शैल्यशिखरमा एकै वडा बाट नेकपा एमाले परित्याग गरि २८ जना नेपाली कांग्रेसमा प्रवेश

 

दार्चुला – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले परित्याग गरि २८ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन।

नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका वडा नम्वर ७ द्धारा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सोमवार स्थानीय निर्वाचनमा वडा नंम्वर ७ बाट वडा सदस्य पदका उम्मेदवार चन्द्रसिंह धामी लगायत २८ जना युवाले नेपाल कम्युनिष्ट पाटी एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको वडा नम्वर ७ का सभापति कमलापति जोशीले जानकारी दिनुभयो ।

गजाधर धामी, दानसिह धामी, ललितसिह विष्ट, पदमसिह विष्ट, कम्मान सिह धामी, धनबीर धामी, मानसिह धामी, ललितसिह धामी, करबीर सिह विष्ट, अर्जुन राम कामी, पदमसिह धमी, मानसिह धामी, छाया दमाइ, ज्ञानु दमाइ, बिरमा दमाइ, लालसिह धामी, जनकसिह धामी, नरेन्द्र सिह धामी, केशव दत्त जोशी, दिलेन्द्र प्रसाद जोशी, पदम जोशी, राजेन्द्र धामी, सन्तोष धामी, गंगादत्त जोशी, माया धामी, धरमराम लुहार र रामबहादुर विष्ट लगायतले नेपाली कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन ।

नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका वडा नम्वर ७ का सभापति कमलापती जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला कार्यसमिति दार्चुलाका उप सभापति एवम् शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी रहनु भएका थियो । विशिष्ट अतिथि नेपाली कांग्रेस दार्चुलाका नेता बिक्रम सिह धामी रहनु भएको थियो ।

नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुलाई ,कार्यक्रमका सभापति , प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतले फुलमाला सहित अविर लगाएर नेपाली कांग्रेसमा स्वागत गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.