दार्चुला – शैल्यशिखर नगरपालीका वडा नम्बर ६ पनेबाज बस्ने श्याम सिंह धामीको ८० बर्षको उमेरमा सोमबार दिउसो निधन भएको पारीवारीक स्रोतले बताएको छ ।
उहाको उचारको क्रममा धनगढी पुग्नै लाग्दा बाटोमै निधन भएको हो ।
धामी नेपाली कांग्रेसका स्थानीय नेता पनि हुन, समाजसेबी धामी माबि मिलिमीलीका भुतपुर्ब बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष समेत रहेका थिए।
धामीको निधनमा मालीकार्जुन माबि मीलीमीलीमा भोली मङगलबार एक दिन बिद्यालयमा बिदा दिने निणर्य गरेको बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिनु भयो । लामो समय देखि समाजसेवामा लाग्नु भएका श्याम सिंह धामीको पारथीक शरीर गोकुलेश्वर आर्याघाटमा अन्टीष्टी गरिने स्थानिय तथा पत्रकार गणेश सिंह धामीले जानकारी दिनु भयो । धामीका तीन छोरी र दुई छोरा रहेका छन ।
उहाँले समाजमा महत्वपूर्ण सामाजिक काम गर्नु भएको थियो। समाजमा मेलमिलाप गराउने मिलेर बस्न सिकाउने समाज का एक उदाहरणिय ब्यक्ती रहेका थिए ।