दार्चुला । नेकपा एमाले दार्चुलाले अनुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा अनुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
अगामी भाद्र ७ गते जिल्ला जिल्ला सदरमुकाको भावना सभाहलमा बस्नेगरी कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।
बैठमा नेकपा एमाले केन्द्रिय कमिटि सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आर्थित्यतामा अनुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
बैठकमा केन्द्रीय कमिटि सदस्य, निकाय विभाग,प्रदेश कमिटि सदस्य,जिल्ला कमिटि सदस्य पालिका कमिटि पदाधिकारी, वडा कमिटि अध्यक्ष सचिव, जनसंगठनका केन्द्रीय प्रदेश जिल्ला किमिटि पदाधिकारी एव पालिका कमिटि अध्यक्ष, निर्वाचित प्रमुख उप प्रमुख उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई बैठकमा उपस्थित हुन आमन्त्रण गरिएको छ ।
जिल्ला कमिटिको बैठक पनि बस्दै
नेकपा एमाले दार्चुलाले जिल्ला कमिटि बैठकको समेत आयोजना गरेको छ । भाद्र ८ गते मदन आश्रित स्मृति प्रतिष्ठान पार्टी कार्यालयमा बस्ने गरी जिल्ला कमिटि बैठक बोलाएको एमाले दार्चुलाले जनाएको छ ।
बैठकमा नेकपा एमाले केन्द्रिय कमिटि सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आर्थित्यता तथा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गणेश सिह ठगुन्ना र केन्द्रीय कमिटि सदस्य हरदेब जोशीको उपस्थितिमा र्बैठक बस्ने नेकपा एमाले जिल्ला कमिटि सचिव उमेश राज जोशीले जानकारी दिनुभयो । बैठकले केही महत्वपुर्ण निर्णयहरुले गर्ने जनाएको छ । बैठकमा प्रदेश कमिटि सदस्य, जिल्ला कमिटिका सदस्य लगायत पालिका कमिटिका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।