दार्चुला – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाज बस्ने श्याम सिंह धामीको पार्थीक शरीर को अन्त्येष्टि गरिएको छ ।
८० बर्षको उमेरमा सोमबार दिउसो उचारको क्रममा धनगढी पुग्नै लाग्दा बाटोमै निधन भएको थियो । समाजसेवी धामीको पार्थिक सरिर अन्त्येस्टीका लागि गोकुलेश्वर आर्याघाट लिईएको थियो ।
लामो समय देखि समाजसेवामा लाग्नु भएका श्याम सिंह धामीको पारथीक शरीरको अन्टीष्टी गोकुलेश्वर आर्याघाटमा नेपाली कांग्रेस का महासमिति सदस्य बिक्रम सिंह धामी , शैल्यशिखर नगरपालिका वडा न ३ का वडा अध्यक्ष माधब भट्ट , शैल्यशिखर नगरपालिका वडा न ६ का वडा सभापति राजेन्द्र सिंह धामीले नेपाली कांग्रेस को झन्डा ओडाएर पार्थीक शरीरको अन्त्येष्टि गरेका छन।
धामी नेपाली कांग्रेसका स्थानीय नेता पनि हुन, समाजसेबी धामी माबि मिलिमीलीका भुतपुर्ब बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष समेत रहेका थिए।
धामीको निधनमा मालीकार्जुन माबि मीलीमीलीमा आज मङगलबार एक दिन बिद्यालयमा बिदा दिने निणर्य गरेको बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिनु भयो ।