दार्चुला । नेकपा एमाले दार्चुलाले कपोलकल्पीत समाचार प्रति खेद प्रकट गरेको छ । आइतबार आज नेकपा एमाले दार्चुलाले एक प्रेस विज्ञप्ति जारी गदैँ कपोलकल्पीत समाचार प्रति खेद प्रकट गरेको हो ।
बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा–३ का १३ वर्षिय बालक किरण कोलीको मृत्यू प्रकरणलाई लिएर सामाजिक संन्जाल फेसबुकमा भ्रामक समाचार प्रकाशित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटि सचिव उमेश राज जोशीद्धारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत गत साउन १७ गते खेल्नेक्रममा करेन्ट लागेर उपचारको क्रममा कोलीको ज्यान गएको भएपनि घटनालाई अतिरज्जीत गदैँ दलित अभियन्ताका
रुपमा चिनिने खगेन्द्र सुनारले आफ्नो फेसबुकबाट नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिका सचिवालय सदस्य सुरेन्द्र पालको नाम जोडेर कपोलकल्पीत तथ्यहिन समाचार प्रकाशित गरेको भन्दै पार्टीको गम्मीभर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले दार्चुलाले प्रेस विज्ञप्ति मार्फत नै सामाजिक सद्भावलाई कमजोर पार्ने मनसायका साथ आएका समाचार प्रति खेदब्यक्त गदैँ गलत तथा भ्रामक सुचना प्रसारण गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्न नेपाल सरकारसंग माग समेत गरेको छ ।
संगीन÷झुटो आरोप लगाएका नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिका सचिवालय सदस्य सुरेन्द्र पाल अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन । यो विषयलाई लिएर अहिले भौतिक पूर्वाधार विकास मन्त्री पालको चौतर्फी आलोचना समेत भइरहेको छ ।