कञ्चनपुर
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव बिरेन्द्रराज विष्टलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय मातहत रहेको शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव बिरेन्द्रराज विष्टलाई सम्मान गरिएको हो । मंगलबारदेखि महेन्द्रनगर शिक्षा उपतालिम केन्द्रको हलमा शुरु भएको प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग अभिमुखिकरण गोष्ठी कार्यक्रममा विष्टलाई सम्मान गरिएको हो ।
भीमदत्त नगरपालिका १८महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विष्टले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाएको छ । साविक शिक्षा तालिम उपकेन्द्र महेन्द्रनगरका सहायक प्रशासक मदनराज जोशीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव विष्टले सामुदायिक विद्यालयको बृद्धि विकासदेखिका सामुदायिक विद्यालय बनाउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको बताए । शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले दोसल्ला ओढाएर सम्मान गरेका छन । कार्यक्रममा शिक्षासंग सम्बन्धीत सरोकारवाला प्रतिनिधीहरुले समेत फुलदिएर विष्टलाई सम्मान गरेका छन । सम्मानित भएका विष्टले थप जिम्मेबारी थपिएको अनुभव व्यक्त गरेका छन ।