नेकपा एमाले दार्चुला द्धारा जिल्ला कमिटि सदस्य भट्टलाई कारबाही

दार्चुला । नेकपा एमाले दार्चुलाले जिल्ला कमिटि सदस्य खिमानन्द भट्टलाई कारबाही गरेको छ । जिल्ला सदरमुकाम खलंगामा बसेको छैटौं जिल्ला कमिटिको बैठकले उनलाई कारबाही गरेको हो ।

पार्टी भित्रका अराजक प्रबृतिलाई ब्यवस्थित गर्नका लागि पार्टीले कमद चाल्नुपर्छ भन्ने रहेकाले पार्टीका विरुद्धका गतिविधिमा संगलन रहेकाले उनलाई कारबाही गरिएको जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

सोमबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उनलाई कारबाही गरिएको बताएका छन । पार्टी राजनितिमा ३६ वर्ष पुरा गरेका जिल्ला कमिटि सदस्य खिमानन्द भट्टले पार्टीको निति ,निर्देशन, र निर्णयका विरुद्ध गतिविधिमा संगलन रहेको पाइएकाले तत्कालका लागि उहाँलाई जिल्ला कमिटिको सदस्य पदबाट निलम्बन गरिएको जिल्ला कमिटि अध्यक्ष घर्तीले बताउनु भयो ।

नेकपा एमाले दार्चुलाले विगतका जिल्ला कमिटि बैठकबाट जिल्ला कमिटि सचिव उमेश राज जोशीको संयोजकत्वमा कार्यदल निर्माण गरेको छ । कार्यदलले पार्टीका हरेक कार्यकर्ताको गतिविधि अध्ययन्न गर्ने,र आवश्यक प्रतिवेदन तयार गरेर उपयुक्त समयमा उक्त प्रतिवेदनलाई कार्यानवयन गर्ने गरी कार्यदल निर्माण गरीएको एमाले दार्चुलाले जनाएको छ ।

यस किसिमका गतिविधिमा संगलन अन्य कार्यकर्ताहरुको विषयमा पनि पार्टीले निर्मम ढंगले निर्णय गर्ने भएको छ । पार्टीभित्र अब कुनै पनि किसिमको अराजकता स्वाकार्य नहुने जनाएको छ । पार्टीले पार्टीका कामहरुलाई ब्यवस्थित गर्नका लागि अगामी कार्ययोजना समेत निर्माण गरेको छ ।

कार्ययोजनालाई कार्यान्वयनको चरणमा लैजानका लागि तिहारपछि जनताको विचमा गएर पार्टीले जनताका चाहना, जनताका भावना, र जनताका समस्यालाई सम्बोधन गर्ने गरी मुल नेतृत्व सहित आमजनताको घरमा जाने निर्णय गरिएको एमाले जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.