काठमाडौं । विद्यार्थी जीवनमा सहयोग र मार्गदर्शनले ठूलो प्रेरणा दिने गर्छ। यस्तै अनुभव व्यक्त गर्दै रोशनी सामन्तले आफ्नो फेसबुक वालमार्फत दार्चुलाको मालिकार्जुन गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्र सिंह धामीप्रति गहिरो आभार प्रकट गरेकी छन् ।
भावुक शब्दहरूमार्फत उनले लेखेकी छन्,“आदरणीय नरेन्द्र सिंह धामी ज्यू, मेरो शिक्षामा साथ र सहयोग दिनुभएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंको सहयोग, प्रोत्साहन र मार्गदर्शन बिना मेरो पढाइ सहज हुने थिएन।
तपाईंले देखाउनुभएको विश्वासले मलाई अझ कडा मेहनत गर्न प्रेरणा दिएको छ।” रोशनीले थपेकी छीन् “तपाईंले गर्नु भएको सहयोगलाई म सधैं सम्झिरहनेछु।
भविष्यमा तपाईंको आशा अनुरूप राम्रो अध्ययन गर्नेछु भन्ने वाचा गर्दछु।” उनले धामीलाई न केवल एक सहयोगी अभिभावकको रूपमा, तर समाजमा आदर्श प्रस्तुत गर्ने व्यक्तित्वको रूपमा पनि प्रशंसा गरेकी छन्।
शैक्षिक यात्रामा यस्ता प्रेरणादायी सहयोगले विद्यार्थीहरूलाई अझ सफल बन्ने बाटोमा अघि बढाउने विश्वास उनले व्यक्त गरेकी छन्।