दार्चुलामा अटो दुर्घटनामापरी एक बालिकाको ज्यान गएको छ । सोमबार आज नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा ज्यान गुमाउनेमा ११ बर्षिया अरुणा धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
सोही अटोमा सवार दुई जना महिला वेपत्ता भएको र खोजीकार्य जारी रहेको बताइएको छ । दुर्घटनामा परेको अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।
अटो चालक मनीराम भुलको १७ वर्षिय छोरा आयुष भुल घाइते भएका छन् । उनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् ।