आखिर कहिलेसम्म?

जनक सिंह महरा

आखिर कहिलेसम्म?

म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी।

कहिले सम्म ?
आखिर कहिले सम्म ?
सत्ता प्राप्तिको आकर्षक नारा बनि उठ्ने
समस्याको विषय बनि
आशाको किरण त्यसै निभ्ने।

म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी।

उस्तै शासक उस्तै शासित उस्तै जनता तिमी
धर्म-संस्कृति, राजनीति बने विकासका बाधक
अनिदा मात्र जनता हुँदा, मस्त निद्रामा शासक।

दाेष जति चीन र भारतलाई
कसको रहेछ कमि…?

म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी

ए ! राजधानी नलाग जाई
नछाप चुच्चे नक्सा
देखावटकाे राष्ट्रवाद
उसकै कटपुतली सत्ता
काेर्या‌ै धर्सा, छाप्याै नक्सा, ल्यायाै फिर्ता भुमि…?

म उहीँ लिपुलेक
म उहीँ लिम्पियाधुरा
म उहीँ कालापानी !

लेखक: जनक सिह महरा “जसिम”
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा महेन्द्रनगर कञ्चनपुर।

Leave A Reply

Your email address will not be published.