दार्चुला जिल्लाका सबै सरकारी कार्यालयको सेवाप्रवाह सुचारु

जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले सेवाप्रवाह पूर्ण रुपमा सञ्चालनमा ल्याएका हुन ।

जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयलाई कार्यालयको सेवा सुचारु गर्न दिएको निर्देशन अनुसार जिल्लाका सबै सरकारी कार्यालयहरुले भदौ २९ गते हिजो आइतबारदेख पूर्ण रूपमा सेवा सुचारु गरेको बताएका छन ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले, दिदैँ आएको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सहितको सम्पूर्ण सेवा सहित जिल्लाका सबै सरकारी कार्यालयहरूले सेवा सञ्चालनमा ल्याएको बताएका छन ।

यस्तै जिल्लाका सबै स्थानीय तहलाई नियमित रुपमा सेवा सञ्चालन गर्न पत्राचार गरिएको थियो, सोही अनुसार स्थानीयतहमा रहेका कार्यालयहरुले पनिसेवा सूरुगरेको प्रजिअ पौडेलले बताउनु भयो ।

प्रशासनले हालै देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण त्यहाँबाट प्रवाह भइरहेको नियमित सेवा अवरुद्ध भएकोमा हाल देशको परिस्थिति सामान्य बन्दै गएकाले त्यहाँ पालिका र अन्तर्गतका कार्यालयहरूबाट प्रवाह हुने सेवा

नियमित रूपमा सञ्चालन गर्न प्रत्राचार गरेपछि हिजोबाट सेवाहरु सुरु गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.