पहिरोले अवरुद्ध महाकाली लोकमार्ग सुचारु

बैतडी –बैतडीको सलसेनामा पहिरो खस्दा अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि आज बिहान साढे ९ बजेतिर लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

लोकमार्ग सुचारु भएसंगै हिजो रातिदेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको बताइएको छ ।

यसअघि मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो

 

Leave A Reply

Your email address will not be published.