नेपाली कांग्रेसका युवा नेता ठगुन्नाद्धारा क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा

दार्चुला  – नेपाली कांग्रेसका युवा नेता जगत सिंह ठगुन्नाले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको वडा, गाउँ, जिल्ला, क्षेत्र र केन्द्र सम्म युवाहरुले नेतृत्व गर्नु पर्ने भन्दै दार्चुलाो जिल्ला क्षेत्र नम्बर २ बाट क्षेत्रिय सभापतिको उम्मेदबारी घोषणा गरेको नेता ठगुन्ना ले बतानुभयो ।

नौगाड गाउँपालिका–४ सिप्टी घर भएका युवा नेता ठगुन्नाले २०५१ सालबाट नेपाल विद्यार्थी संघमा आबद्ध रहेर राजनितिमा आएका ठगुन्ना हाल नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका छन । लामो समय देखी कांग्रेसको राजनितिमा सक्रिय रहेर काम गरेको भन्दै युवा ठगुन्नाले क्षेत्रिय सभापतिमा आफ्नो उम्मेदबारी जायज भएको बताउनुभयो ।

अबको नेतृत्व युवाले पाउनुपर्छ, राजनीतिमा युवाहरुले नेतृत्व गर्न पाए मात्रै देश विकास र परिवर्तन सम्भव छ, समग्र दार्चुलाबासीको हकहितमा काम गर्ने उद्देश्यले आफूले पनि क्षेत्रीय अधिवेशनका लागि दार्चुला जिल्ला क्षेत्र नं ख बाट सभापती पदको लागि उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ।
विगत देखी नै एमाले र माओबादीको आधार ईलाका भएको क्षेत्र नम्बर २ मा अब नेपाली कांग्रेस उदाउनु पर्ने बेला आएको उहाको बतानुभयो ।युवा नेता ठगुन्नाले क्षेत्रिय सभापतिमा उम्मेदबारी घोषणा गर्नु हुदै नेपाली कांग्रेसका कार्यकर्ता तथा पदाधिकारीहरुलाई जिताउन आग्रह गर्नु भएको छ । आगामी महाधिवेशनबाट काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले नयाँ पुस्ताका नेताहरुलाई नेतृत्वमा ल्याउने विश्वास पनि उहाले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.