चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ । केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरको मेसिन पहिरो पन्छाउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।
पहिरो पन्छाउन एक घण्टा लाग्ने अनुमान गरिएको छ ।