दार्चुला । भन्सार कार्यालयले चालु आर्थिक बर्षको हाल सम्म ६ लाख बढी राजस्व संकलन गरेको छ।
चालु आर्थिक बर्षको साउन महिना देखि असोज सम्म ६ लाख २६ हजार ३ सय ३३ रुपैया राजस्व संकलन गरेको दार्चुला भन्सार कार्यालयका कार्यालय सहायक मोहन देव डोबालले जानकारी दिनुभयो ।
भन्सार कार्यालयले साउन महिनामा २ लाख २६ हजार ४ सय ४८ रुपैया राजस्व संकलन गरेको छ। त्यस्तै भदौमा १ लाख ९१ हजार २ सय ८८ रुपैया र असोजमा २ लाख ८ हजार ५ सय ९७ रुपैया राजस्व संकलन भएको डोबालले बताउनुभयो ।