अपिहिमालमा माओबादी केन्द्र परित्याग,गरि ७ जना कांग्रेसमा प्रवेश

दार्चुला –  दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओबादी केन्द्र परित्याग गरी ७ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।अपिहिमाल गाउँपालिका इकाइ समितिले  गरेको एक कार्यक्रमकाबीच उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा अपिहिमाल गाउँपालिका वडा नम्बर ४ चिल्डुङराका डब्बलराम टमटा, धाना टमटा, मनोज टमटा, लक्ष्मी टमटा, लालु टमटा रसोेही ठाउ राउला बस्ने गणेश सिंह ठगुन्नाले माओबादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अपिहिमाल गाउँपालिका वडा नम्बर ४ का सभापति मंगल सिंह रोकायाले जानकारी दिनुभयो । माओवादी पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई अपिहिमाल गाउँपालिका वडा नम्बर ४ का सभापति मंगल सिंह रोकायाले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

Leave A Reply

Your email address will not be published.