लेकममा जीप दूर्घटना, २ जना घाईते

दार्चुला    – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ को मेल्लाउँ सिमार भन्ने ठाउँमा मा जीप दूर्घटना हुदा २ जना घाईते भएका छन । सोमवार बिहान साढे १० बजे गोकुलेश्वर बाट रिठाचौपाता आउदै गरेको से १ ज ५८३ नम्बरको जिप दुर्घटना भएको हो ।

बैतडीको डिलाशैनी गाउँपालिका बस्ने ७० वर्षकी मध्या नाथ र कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर ८ बस्ने ७५ बर्षीया पुण्यादेवी नाथ घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।।

 

दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.