बालेनविरुद्ध जाहेरी लिएर साइबर ब्युरोमा जाँदै युवा संघ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लेखेको एउटा स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन लागेको छ ।

उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको हो ।

बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए । उनले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो । थुप्रैले बालेनको स्टाटसको आलोचना गरेका छन् ।

Leave A Reply

Your email address will not be published.