सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो बुधबार ९ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । हिजो २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।

विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.