डाक्टर आदित्य जोशीको नयाँ गीत “हावा चलेछ क्यारे” सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको गीतमा चर्चित गायिका समीक्षा अधिकारी र चिकित्सक जोशीको सुमधुर स्वर रहेको छ।
गीतको शब्द डा. जोशी आफैँले लेखेका हुन् भने हो भने संगीत कर्ण सञ्ज्याल र डा. जोशीले मिलेर गरेका छन् । सङ्गीत श्रब्यदृश्य (म्युजिक भिडियो)मा चर्चित डान्सर सरोज प्रजा र पार्वती श्रेष्ठको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
केशव बडुको संगीत संयोजन र पवन भट्टको मिक्सिङ रहेको यो गीतलाई मेडिसिन एण्ड म्युजिक नामक आधिकारिक युट्युब च्यानलबाट बजारमा ल्याइएको छ। स्वास्थ्य सेवा जस्तो व्यस्त पेशामा रहेर पनि उत्कृष्ट कला पस्किएका डा. जोशीको यो प्रयासलाई धेरैले प्रशंसा गरेका छन्। यो गीतले नेपाली सांगीतिक बजारमा निकै चर्चा बटुल्ने अपेक्षा गरिएको छ। डाक्टर जोशी चिकित्सा पेसामा पनि निकै चर्चित छन, अमेरिकामा बस्दै आएका जोशी बालरोग विशेषज्ञ हुन ।
भिडियो हेर्नका लागी तलको लिङ्कमा क्लिक गर्नुहोस ,