दार्चुलाकी १९ वर्षीया अप्सराको पहिलो प्रयासमै तीन प्रदेशको लोकसेवामा सफलता

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचकी १९ वर्षीया अप्सरा खडायतले पहिलो प्रयासमै तीन प्रदेशका लोकसेवा आयोगबाट प्रशासन सेवा पाँचौँ तह (नायब सुब्बासरह) मा सफलता हासिल गर्नुभएको छ।

खडायतले गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगबाट सफलता प्राप्त गर्नुभएको हो। उहाँ गण्डकी प्रदेशको प्रशासन सेवा पाँचौँ तहमा लमजुङका लागि सिफारिस हुनुभएको छ।

कम उमेरमै पहिलो प्रयासमा तीनवटै प्रदेशको लोकसेवा परीक्षामा सफलता हासिल गर्नुभएकी खडायतको उपलब्धिलाई सरकारी सेवामा प्रवेश गर्न तयारी गरिरहेका युवाहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा लिन सकिन्छ।

दुर्गम क्षेत्रबाट लोकसेवा परीक्षामा सफलता हासिल गर्नुभएकी खडायतको उपलब्धिले मेहनत, निरन्तर अध्ययन र लक्ष्यप्रतिको प्रतिबद्धताले सफलता प्राप्त गर्न सकिने सन्देश दिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.