पूर्व जिल्ला समन्वय समिति प्रमुख कार्की कांग्रेसको बन्दसूचीमा समेटिए

दार्चुला । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा दार्चुलाबाट पूर्व जिल्ला समन्वय समिति प्रमुख करविर सिह कार्कीको नाम समेटेको छ । पार्टीले बन्द सूचीमा दार्चुलाबाट पूर्व जिल्ला समन्वय समिति प्रमुख कार्कीको नाम १०२ नम्बर समेटेको हो । कार्की २०७४ सालमा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रको प्यानलबाट जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको बैठकले समानुपातिक तर्फ करबिरसिंह कार्की, र महिलाबाट आनन्दी पन्त भट्टको नाम पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएको थियो । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा कार्की सहित देशभरीबाट ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाएको छ ।

Leave A Reply

Your email address will not be published.