दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा ९ दत्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय स्थापना गरिएको छ । मंगलबार दत्तुमा पार्टीको वडा कार्यालय स्थापनासंगै कार्यालयको उद्घाटन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, सङ्योजक पदमराज खत्री लगायत उपाध्यक्षद्वय चक्र बहादुर बम, उपाध्यक्ष कृष्ण बहादुर कुवर, धर्मराज दयाली लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा राप्रपा प्रतिखुशी हुँदै ६ जनाले स्वस्फुर्त रुपमा राप्रपामा प्रबेश गरेको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले बताए ।