नेपाली कांग्रेस दार्चुलाले ४८ औं मेलमिलाप दिवस मनायो

दार्चुला । नेपाली काग्रेस जिल्ला कार्य समिति दार्चुलाले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बुधबार पार्टी कार्यालयमा काग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । जिल्लामा क्रियाशिल राजनीतिक दलका नेताहरूको उपस्थितिमा  ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको नेपाली काग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिह बोहराले जानकारी दिए ।

मेलमिलाप दिवसमा नेपाली काग्रेसका केन्द्रीय सदस्सीय दिलेन्द्र प्रसाद बडूको प्रमुख आर्थित्यतामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको उनले बताए ।

पार्टीले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।

Leave A Reply

Your email address will not be published.