अपिहिमालको भट्टारमा पहिरो, बेसक्याम्प जाने बाटो अवरुद्ध

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारगाउँमा पहिरो गएको छ । पहिरोका कारण भट्टारगाउँ प्रभावित भएको छ भने अपिहिमाल बेसक्याम्प जाने मुख्य बाटो समेत पूर्णरूपमा अवरुद्ध भएको छ ।

खण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक खडक सिंह लोथ्यालका अनुसार पहिरोले बेसक्याम्प जाने मूल बाटो नै अवरुद्ध पारेको हो । पछिल्लो समय अपिहिमाल बेसक्याम्प भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको अवस्थामा बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको छ ।

पहिरोका कारण स्थानीयवासीसमेत त्रसित भएका छन् । पहिरोले चौलानी नदीसमेत केही समय थुनिएको स्थानीयले बताएका छन् ।

भट्टार क्षेत्रमा पहिरोको जोखिम बढेपछि स्थानीयवासीले थप क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन थालेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.