भट्टारमा पहिरो खसेर चौलानी नदी थुनिएपछि मुख्यमन्त्री भट्टद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

दार्चुला । अपि हिमाल गाउँपालिका–१ भट्टारमा पहिरो खसेर चौलानी नदी थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले घटनाबारे जानकारी लिनुभएको छ ।

मुख्यमन्त्री भट्टले अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित निकायका अधिकारीसँग घटनाको अवस्थाबारे जानकारी लिनुभएको हो ।

नदी थुनिएपछि उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री भट्टले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

थुनिएको नदी अचानक खुल्दा चौलानी नदीमा पानीको बहाव बढ्न सक्ने र जोखिम निम्तिन सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने नागरिकलाई पूर्वसावधानी अपनाउन तथा सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै चौलानी नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिनुभएको छ ।

त्यस्तै, आन्तरिक मामिला मन्त्रालय र मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि परिचालन हुन मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको छ ।

सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न समेत मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.