दार्चुलामा चरेससहित दुई युवक पक्राउ

दार्चुला । दार्चुलामा प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्या क्षेत्रमा रहेको महाकाली करिडोरबाट लागुऔषध ओसारपसार भइरहेको आशंकामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–७ डिङ्सीका ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेका छन्। उनीहरू सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो।
उहाका अनुसार लागुऔषध चरेस मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.