अपिहिमालका ५६ जनालाई राष्ट्रिय परिचयपत्र (कार्ड ) वितरण

अपाङ्ग असहाय, हिडुल गर्न नसक्ने सेवाग्राहीलाई नागरीकताको प्रतिलिपि दिइयो

दार्चुला।  दार्चुलाको दुर्गम अपीहिमाल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दार्चुलाले ५६ जना महिला पुरुषलाई राष्ट्रिय परिचयपत्र (कार्ड ) वितरण गरेको छ ।  मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट गएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको टोलीले पालिकाभरीका ५६ जनालाई राष्ट्रिय परिचयपत्र (कार्ड ) वितरण गरेको हो ।

दुर्गम क्षेत्रका स्थानीयहरुलाई सहज रुपमा सेवा प्रदान उद्देश्यले स्थानीय तहसँग समन्वय गरेर पालिकाबाटै राष्ट्रिय परिचयपत्र विरतण गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
उनले भने, ‘प्रशासन कार्यालयमा परिचयपत्र आउने तर सर्वसाधारण लिन नआउँदा थन्किएर बस्ने समस्या भयो । सोहीबमोजिम स्थानीय तहसँग समन्वय गरेर पालिकाबाटै वितरण थालेका हौं ।

’राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट अपिहिमालका मात्रै ५सय थान परिचयपत्र (कार्ड ) प्रशासन कार्यालय दार्चुलामा पुगेका छन् । जसमध्ये ५६ जनालाई पालिका सदरमुकामै पुगेर परिचयपत्र वितरण गरिएको प्रशासनले जनाएको छ ।

मंगलबार अपि पुगेको टोलीले यस अघि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गदैँ राष्ट्रिय परिचयपत्र (कार्ड) बुझिलिन आग्रह जिल्लाबासीहरुमा आग्रह गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट २०७७ साल असोज १८ गतेदेखि वि:स २०८०साल श्रावण मसान्तसम्म छपाई भएर आएका राष्ट्रिय परिचयपत्रलाई बुझिलिन प्रशासनले जिल्लाभित्रका सेवाग्राहीलाई आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा मात्रै हालसम्म ८८ हजार २६१ जनाको नाम दर्ता गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पठाइएको छ । जसमध्ये हालसम्म प्राप्त १७ हजार २१६ थान परिचयपत्र (कार्ड) प्रशासनले प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

उनका अनुसार प्राप्त परिचयपत्र (कार्ड )मध्ये पनि १० हजार ६८९ (कार्ड ) वितरण गरिएको बताएका छन् । बाकी ६ हजार ४९३  राष्ट्रिय परिचयपत्र (कार्ड ) प्रशासनमै अड्किएकाले बुझिलिन आग्रह गरिएको प्रशासनले जनाएको छ ।
अपाङ्ग असहाय, हिडुल गर्न नसक्ने सेवाग्राहीलाई नागरीकताको प्रतिलिपि वितरण
जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपिहिमामाल गाउँपालिकामा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा असहाय ,हिडुल गर्न नसक्नेलाई पालिका सदरमुकाम खण्डेश्वरी पुगेर नेपाली नागरिकताको प्रतिलिपी वितरण गरेको छ । गाउँपालिकाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले शारीरिक अपाङ्गता भएका व्यक्ति तथा असहाय ,हिडुल गर्न नसक्नेलाई यस्तो सेवा प्रदान गरेको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयको टोलीले ११ जनालाई पालिका सदरमुकाम खण्डेश्वरी पुगेर नेपाली नागरिकताको प्रतिलिपी वितरण गरेको बताएका छन् । गाउँपालिकाका जनप्रतिनिधिको सिफारिसका आधारमा मंलबार नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ । प्रशासनले पालिका सदरकाममै पुगेर राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकताको प्रतिलिपी पाएपछि सेवाग्राही खुशी भएका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई धन्यबाद समेत दिएका छन् । प्रशासनको टोलीले अपिहिमालका ४ वटा पसलहरुको समेत अनुगमन गरेको छ । पौष २२ गते मंगलबार अपिहिमाल गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाको सहजिकरणमा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल सशस्त्र प्रहरीका प्रमुख एसपी देवराज जोशी, नेपाल प्रहरीका डिएसपी गौरब महत, अनुसन्धान अधिकृत लगायतको बिशेष उपस्थिति रहेको थियोे । पालिकाले प्रशासनको टोलीलाई पालिका सदरमुकाम खण्डेश्वरीमा भब्य स्वागत समेत गरेको थियो ।

गोकुलेश्वरमा अटो सञ्चालन नियमन देखि समसामयिक विषयमा गोष्ठी

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वरमा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा अटो रिक्सा सञ्चालन तथा नियमन सम्बन्धि समस्या र समाधानबारे विस्तृत छलफल गरिएको छ ।

सुरक्षा अधिकारीहरूको उपस्थितिमा बुधबार (हिजो) बसेको अन्तरपालिका समन्वय बैठकमा अटो रिक्सा सञ्चालन गर्न रूट परमिट, लाइसेन्स र बिमा अनिवार्य गर्ने, भाडादरमा एकरूपमा कायम गर्ने लगायत विषयमा सहमति जुटेको छ ।

पार्किङ, लाइसेन्स, दर्ता, नवीकरण, पार्किङ, रूट, कल्याणकारी कोष, सीट संख्या, बीमा लगायत विभिन्न विषयमा छलफल गर्न र अटो सञ्चालन व्यवस्थापन तथा नियमनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा अटो चल्ने नौगाड, बैतडीको डिलाशैनी, मार्मा, शैल्यशिखर लगायत स्थानीय तहका प्राविधिक प्रतिनिधि, अटो व्यवसायी प्रतिनिधि र ट्राफिक प्रहरी लगायत सरोकारवाला सदस्य रहनेगरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी अध्ययन कार्यदल गठन गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

एउटा पालिकामा दर्ता गरेर अरू पालिकामा पनि सूचीकरण गरी चलाउन पाउने गरी सहमति भएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख आतिथ्यता रहेको थियोे ।

नौ तस्बिरमा हेर्नुस्

Leave A Reply

Your email address will not be published.