ब्रह्मलेकमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जडान कार्य अन्तिम चरणमा पुग्यो

दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिका अन्तरर्गत पर्ने ब्रह्मलेकमा नेपाल टेलिकमको टावरमा विद्युत जडानको काम अन्तिम चरणमा पुगेको छ । नेपाल दुरसंञ्चार कार्यालय ,विद्युत प्राधिकरण र ब्यास गाउँपालिकाको त्रिपक्षीय सम्झौता पश्चात् उक्त क्षेत्रमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको हो ।

ब्यास गाउँपालिकाका जनतालाई नेटवर्कसङ्ग जोड्ने उद्देश्यले अहिले विद्युतीकरणको काम धमाधम भइरहेको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले बताए । पालिका अध्यक्ष धामीका अनुसार ब्रह्मलेकमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।

अबको २/३ दिनभित्र टावरमा विद्युत जडान भएपछि गाउँपालिकाको वडा न १ देखि ४ सम्मका नागरीकहरुले सहज रुपमा संञ्चार सम्पर्क गर्न सक्नेछन् । साथै पालिकाको वडा न – २ मा रहेको रिपुधारमा पनि विद्युत लाइन विस्तारको काम तिब्र पारिएको छ । केही दिनभित्र सो क्षेत्रमा पनि विद्युत जडान हुने र उक्त वडाहरुमा नेटवर्क सम्बन्धिको समस्या अंन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ ।

यस अघि व्यासँमा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिने गरेको थियो । टेलिकम दार्चुलाका अनुसार सोलार ब्याट्रीबाट टावरलाई पावर दिनुपर्ने हुँदा समस्या हुदैँ आएको जनाएको छ ।  विद्युत् विस्तार नभएका ठाउँमा टावरमा यस्तो समस्या आउने गरेको टेलिकम दार्चुलाले जनाएको छ । टेलिकमका टावर सम्म विद्युतीकरण हुने भएपछि व्यासँका  नागरीकहरु अहिले खुशी भएका छन् ।

Leave A Reply

Your email address will not be published.